दाङमा पानीमा डुवेर एक जनाको ज्यान गयो

लक्ष्मण विश्वकर्मा,तुलसीपुर,१२ भदौ ।
दाङमा एक जनाको पानीमा डुवेर ज्यान गएको छ । ज्यान जानेमा दाङको दंगीशरण गाउँपालिका वडा नम्वर ४ मौलि बस्ने ३५ वर्षिया शान्ता रेउले रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनी मंगलवार विहान माईती घर बैवाङ गएको र दिउँसो घर फर्कने क्रममा सोहि ठाँउको नहरमा डुवेर ज्यान गएको हो । नहरमा डुवेको अवस्थामा स्थानियले देखेपछि उनलाई उद्धार गरी राप्ती अन्चल अस्पताल तुलसीपुरमा उपचारका लागी ल्याईएको थियो । तर अस्पताल ल्याए लगतै डाक्टरले मृत घोषणा  गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया