नयाँ शक्तिको प्रदेश स्तरिय प्रशिक्षण भेला आज देखी तुलसीपुरमा हुने

तुलसीपुर, १२ भदौ ।नयाँ शक्ति पार्टी नेपालको ५ नम्वर प्रदेश स्तरिय प्रशिक्षण भेला आज देखी तुलसीपुरमा सुरु हुन लागेको छ । प्रशिक्षण भेलामा प्रदेशका १२ वटै जिल्लाका गरी एक वढि कार्यकर्ताको सहभागिता रहने आयोजकले जनाएको छ । पार्टीले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने अभियान अन्र्तगत तुलसीपुरमा पनि गर्न लागीएको हो । जिल्ला कमिटि दाङका पार्टी प्रवक्ता जिवन भण्डारीले दिएको जानकारी अनुसार प्रशिक्षण भेला आज र भोलि सम्म चल्नेछ ।
दुई दिन सम्म चल्ने भेलामा पार्टीको आन्तरिक रणनिति, राजनितिक, आर्थिक, सामाजिक र देशको समसामायिक विषयमा प्रशिक्षण दिईनेछ । भेलामा पार्टी केडक्वाटरका प्रवक्ता प्रशान्त सिंह, नवराज सुवेदी, डम्बर खतिवडा, मणिकल कार्की र परसुराम खापुन लगाएतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया