तुलसीपुर,१७
आफुलाई प्रहरी हुँ भन्दै सर्व साधारणहरुबाट रकम असुल गर्ने २ जना लाई दाङ प्रहरीले पक्राउ गरेको छ । आज घोराही उप महानगरपालिकाका वडा भित्र आतंकित बनाईरहेको अवस्थामा वडा नं.१३ बस्ने बर्ष २३ का खुम बहादुर रेश्मी मगर र बर्ष २१ को किस्मत रोका मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले उनिहरु लाई पक्राउ गरेको हो । उनिहरुको बारेमा आवश्यक अनुसन्धान भईरहेको निमित्त प्रमुख, प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।।
प्रकाशित मिति : २०७३ चैत्र १७ गते बिहिवार