तुलसीपुर,११ भाद्र ।
करेन्ट लागेर ज्यान गुमाएका जोगीलाल चौधरीलाई अमर मावि उरहरीले राहत स्वरुप ५ लाख रुपैया उपलब्ध गराउने भएको छ । मृतक चौधरी अमर माबि उरहरीका कार्यालय सहयोगी हुन् । चौधरीको निधन प्रति विद्यालयले दुख ब्यक्त गरेको छ । आकस्मीक रुपमा आज बसेको विद्यालय ब्यवस्थापन समितिको बैठकले चौधरीको दुखद निधनले एउटा लगनसिल कर्मचारी गुमाएको ठहर गरेको छ । साथै मृतक चौधरीको परीवारलाई राहत स्वरुप ५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
विद्यालयको कामकै सिलसिलामा चौधरीले ज्यान गुमाएको हुदा उक्त राहत उपलव्ध गराउने निर्णय गरेको हो । यसका साथै मृतकको परीवारको सदस्यलाई रोजगार दिने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक पदम प्रसाद न्यौपानेले जानकारी दिएका छन । त्यसैगरी विद्यालयमा भोलि श्रद्धाञ्जली कार्यक्रम गरि शोक विदा गर्ने र श्रद्धाञ्जलीका लागि विद्यालयमा फोटो राख्ने निर्णय गरिएको छ । बैठक जेष्ठ सदस्य टेक बहादुर केसीको अध्यक्षतामा बसेको हो ।