तुलसीपुर ,११ भदौ ।दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ उरहरी निवासी अन्दाजी ४५ वर्षिय जोगीलाल चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उरहरी चोकमा व्यानर टाँस्ने क्रममा सोमवार विहान सवा ११ वजेतिर चौधरीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाईते भएका चौधरीको राप्ती अन्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा ज्यान गएको हो ।
मृकत चौधरी अमर मा बि उरहरीका कार्यालय सहयोगी समेत हुन् । विद्यालयमा यसै वर्ष देखी सन्चालन हुन लागेको पुशु बिज्ञान कोर्षको प्रचारप्रसारका लागी व्यानर टाँस्ने क्रममा विद्युत ट्रान्समिटर भएकाले उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतक चौधरी लामो समय देखी उक्त विद्यालयमा कार्यालय सहयोगी रुपमा काम गदै आएका थिए ।
प्रकाशित मिति : २०७५ भाद्र ११ गते सोमवार