ज्यान मार्ने उद्योगमा एक जना पक्राउ

दाङ,१० भदौ ।जिल्ला प्रहरी कार्यालय पाल्पाले ज्यान मार्ने उद्योगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा नं. १ निवासी ५६ वर्षिय चिरन्जिवी पोखरेल रहेका छन् । उनले सोह वडाका ३५ वर्षिय चिरन श्रेष्ठलाई धारिलो हतियार प्रयोग गरी गम्भिर घाईते बनाएका थिए । घटना गएको शुक्रवार भएको हो । घाईते श्रेष्ठको हाल काठमाण्डौ स्थित ग्राण्डि अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पोख्रेललाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

प्रकाशित मिति : २०७५ भाद्र १० गते आइतवार
प्रतिक्रिया