प्रदेश नम्वर ५ का सामाजिक परिचालकहरु रोजगारको माग गदै आन्दोलित

लक्ष्मण विश्वकर्मा,दाङ,१० भदौ ।प्रदेश नम्वर ५ का सामाजिक परिचालकहरुले आफुहरु बेरोजगार भएको भन्दै आन्दोलित भएका छन् । गएको असार मसान्तबाट जागिरको अवधी समाप्त भएपछि यतिवेला देशभरका सामाजिक परिचालकहरु वेरोजगार भएका हुन्् ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले चालु आर्थिक वर्ष साउन १ गतेदेखी स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) को अवधी समाप्त गरे संगै देशभरका हजारौ सामाजिक परिचालकहरु वेरोजगार भएका छन् ।
जनप्रतिनिधि विहिन अवस्थामा बस्ती स्तर देखी राज्यको हरेक अभियानलाई सफल बनाउन सामाजिक परिचालकहरुको महत्वपुर्ण योगदान रहेको छ । तर राज्यले आफुहरुको अहिले सम्मको मुल्याङकन गरी कर्मचारी समायोजन गर्नुको साटो बेरोजगार बनाएको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का सामाजिक परिचालक निर्मल शर्माको भनाई छ । उनले विगत ७÷८ वर्ष देखी निरन्तर रुपमा काम गदै आएपनि अहिले आफु बेरोजगार हुनुपरेको गुनासो गरेका छन् । आफु जस्तै देशभरका हजारौ सामाजिक परिचालकहरु बेरोजगार हुनु परेको उनको भनाई छ ।
सरकारले सबै नेपाली नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्ने तयारी थालेको छ । कोही युवा बेरोजगार हुनु नपर्ने तथा बेरोजगार भए सरकारले निर्वाह भत्ता उपलब्ध गराउने सरकारको तयारी छ । रोजगारीको हक सम्बन्धमा बनेको विधेयक मन्त्रिपरिषदबाट पारित समेत भैसकेको छ । तर आफुहरु रोजगारीबाट बेरोजगारी हुनुपरेको तुलसीपुर ६ की सामाजिक परिचालक नानीमैया वलीको भनाई छ ।

साथै उनले अझै पनि सामाजिक परिचालकको आबश्यकता रहेको बताउदै जनप्रतिनिधिले त्यो कुरालाई महसुस गरी काम गर्ने बातावरण बनाईदिन आग्रह गरेकी छिन् ।उता नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नम्वर ५ ले सामाजिक परिचालकहरुलाई नेपाल सरकारले उपलब्ध गराउने सम्पुर्ण सेवा सुविधा सहित हाल कार्यालय सहायकको रुपमा म्याद थप गरेर नियुक्त गर्नुपर्ने र योग्यताको आधारमा एक पटकलाई उमेर हकबन्दी नगरी दरबन्दीको सिर्जना गर्नुपर्ने माग राख्दै आन्दोलन गदै आएको छ ।
प्रदेश नम्वर ५ का अध्यक्ष रमा क्षेत्रीको अनुसार असार देखी नै प्रदेश सरकार ,विभिन्न मन्त्रालय र स्थानिय तह संग लविङको काम गरीएको थियो । तर त्यो सुनुवाई नभएकै कारण विगत १० दिनदेखी आफुहरु सडक देखी कार्यालय सम्म धर्ना कार्यक्रम गर्न बाध्य भएको अध्यक्ष क्षेत्रीको भनाई छ । तत्कालिन गाविसको हकमा २०६७ र नगरपालिकाको हकमा २०६८ देखी एलजिसिडिपिको कार्यक्रम लागु भई देशरभर पाँच हजार वढि सामाजिक परिचालक परिचालन गरीएको थियो ।
प्रदेश नम्वर ५ मा मात्रै झन्डै सात सय सामाजिक परिचालक रहेका छन् । जस मध्ये केहिलाई स्थानिय तहले समायोजन गरे पनि झन्डै ४ सय सामाजिक परिचालक प्रदेश तहमा बेरोजगार भएको तथ्याङक रहेको संघका अध्यक्ष क्षेत्रीले जानकारी दिएकी छिन् । यता तुलसीपुर उपमहानगरपालिकाको हकमा नगरप्रमुख घनश्याम पाण्डेले सामाजिक परिचालकहरुलाई निरन्तरता दिनका लागी आफु सकारात्मक भएकोे बताएका छन् । उनले आफु हाल जिल्ला बाहिर रहेकाले फर्किसकेपछि समस्या समाधान गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७५ भाद्र १० गते आइतवार
प्रतिक्रिया