प्रहरीको गोली आन्दोलनकारीको टाउको र खुट्टामा (फोटो फिचर)

सुरेश पन्त, महेन्द्रनगर । लगातार चार दिनदेखि प्रदर्शन भइरहेको कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा गोली चलेको छ । गोली चल्दा सात जना घाइते भएका छन् । एकजनाको टाउकोमा चोट लागेको छ भने अर्का एकजनाको खुट्टामा चोट लागेको छ । हत्याको विरोधमा महेन्द्रनगरको ट्राफिक चोकमा भइरहेको प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गोली लागेर घाइते हुनेहरुमा तीर्थ पनेरु, भण्डाराका अर्जुन, कैलालीका सन्तोष कडरिया र भासीका तेज भट्ट लगायतका रहेका छन् । घाइतेहरुलाई महाकाली अञ्चल अस्पताल भर्ना गरिएको छ । महाकाली अञ्चल अस्पतालले तीन जना गोली लागेका व्यक्ति उपचारका लागि आएको पुष्टि गरेको छ । गोली लाग्नेमा १८ वर्षिय अर्जुन भण्डारी, टेक भट्ट, किरण पाण्डे र सन्तोष कठरिया रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनकारी माथि प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । अश्रु ग्यास सकिए पछि गोली चलाएको हो ।

पाँच दिन देखी आन्दोलनले आक्रान्त बनेको कञ्चनपुर सरदरमुकाम महेन्द्रनगरमा निर्मला हत्याकाण्डका हत्या आरोपमा प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि बिहीबार पनि कञ्चनपुरका स्थानीय आन्दोलित बनेका छन् । अान्दाेलकै क्रममा खिचिएका केही तस्विर यस्ता छन् :

प्रकाशित मिति : २०७५ भाद्र ७ गते बिहिवार
प्रतिक्रिया