लक्ष्मण विश्वकर्मा ,तुलसीपुर, ६ भदौ ।
तुलसीपुर क्षेत्रको ऐलानी जग्गामा बसोबास गर्ने ऐलानी बासीहरुले जग्गाको लालपुर्जाको माग गरेका छन् । तुलसीपुर ९ शिवज्योती टोल विकास संस्थाको आयोजनामा बुधवार बेलुवामा सम्पन्न भएको भेलामा ऐलानी बासीहरुले यस्तो माग गरेका हुन् । तुलसीपुर ५ मा रहेको श्रद्धा टोल विकास संस्थामा बषौदेखी बसोबास गदै आएका १ सय ३३ घरधुरीले भोगचलन गरेको जग्गामा केहि ब्यक्तिले लालपुर्जा भएको दावी गर्न थालेपछि अहिले सवै ऐलानी बासी चिन्तामा परेका छन् ।
उनीहरुले यस्तो समस्या भविस्यमा अन्य स्थानमा पनि आउन सक्ने भन्दै अव आफुहरुले सरकार संग लालपुर्जा वा आधारपत्र माग गर्ने बताएका छन् । भेलामा तुलसीपुर वडा नं. ५,९,७, र ३ अन्र्तगत ऐलानी बासीहरुको नेतृत्व गर्ने विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । उनीहरुले कसैले अहिले एउटा बस्तीको हक दावी गरेको भन्दै विस्तारै अन्य बस्तीको जमिन पनि हक दावी गर्न सक्ने भन्दै चिन्ता व्यक्त गदै यसप्रति स्थानिय सरकारको ध्यानाकर्षण गराएका थिए ।
अहिले सम्म विकास भएपनि स्थानिय सरकारले बसोबास गदै आएका बासीन्दालाई कुनै आधारपत्र नदीएको भन्दै बसोबास गरेको लालपुर्जा अथवा अन्य कुनै आधार पत्र दिनुपर्ने माग गरेका छन् । बरु राज्यलाई कर तिर्न आफुहरु तयार रहेको उनीहरुले बताएका छन् ।
संस्थाका अध्यक्ष प्रेम बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्वर ९ का वडा अध्यक्ष घनश्याम ढकाल,तुलसीपुर नगर स्तरिय वली समाजका अध्यक्ष मिनराज वली,राप्ती समाचार दैनिकका अध्यक्ष संगित बस्याल,समाजसेवी केसव वली, स्वर्गद्धारी टोल विकास संस्थाका निवर्तमान उपाध्यक्ष पुर्ण बहादुर रावल, शिवनगर टोल विकास संस्थाका अध्यक्ष ईश्वरी प्रसाद गैरे, सम्झना टोल विकास संस्थाका हरि बहादुर विक, श्रद्धा टोल विकास संस्थाका अध्यक्ष ओमलाल बुढाथोकी लगाएतले बोलेका थिए ।
साथै सो अवसरमा भेलाले केशव वलीको अध्यक्षतामा ९ सदस्यिय ऐलानी बस्ती संरक्षण तथा संघर्ष समिति गठन समेत गरेको छ । जसको उपाध्यक्षमा दुर्गा प्रसाद देवकोटा, सचिवमा नवराज वली, कोषध्यक्षमा रुपकली कडेल रहेका छन् । यस्तै सदस्यहरुमा गोविन्द डाँगी, पुर्ण बहादुर रावल, मोहन भण्डारी, खिम बहादुर डाँगी, झुपलाल खत्री र ऐलानी बस्तीका सम्पुर्ण टोल विकास संस्थाका अध्यक्षहरु पदेन सदस्य रहने गरी समिति गठन गरीएको छ ।