तुलसीपुर, ५ भदौ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ मोतिपुरका वाढीपिडीतहरुसँग नगरप्रमुख घनश्याम पाण्डेले भेट गरेका छन् । २०७१ मा आएको वाढीले क्षति पु¥याएको मोतिपुर गाउँका वासिन्दालाई भेटेर नगरप्रमुख पाण्डेले निर्माण भएको तटवन्धको निरिक्षणका सार्थ अन्य बाँकी ठाउँमा तटवन्ध निर्माणका लागि तत्काल काम सुरु गर्ने वताएका थिए ।
उनले मोतिपुरवासीलाई वाढीको पिडाबाट सधैका लागि मुक्ति दिनका लागि उपमहानगरपालिकाले पहल हदमी लिने समेत वताए । वाढीपिडितका समस्यालाई सम्बोधन गर्दै नगरप्रमुख पाण्डेले स्थानीय सरकार भइसकेको अवस्थामा वाढीपिडितहरुले सहारा विहिन अनुभुति गर्न नपर्ने वताए । उनले वाढीको समस्या सधैका लागि समाधान गर्नका लागि अन्य आवश्यक ठाउँमा पनि तटवन्धको काम गरिने वताए ।
कार्यक्रममा उपप्रमुख माया आचार्यले जनताका समस्यामा साथ दिने वताइन् । उनले विगतका दुखलाई भुलेर नयाँ तरिकाले जीवनयापन गर्नका लागि पनि उनले आग्रह समेत गरिन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष सुर्यवहादुर डाँगीले स्थानीय विकासका लागि प्रतिवद्धता जनाएका थिए । उनले जनतालाई उच्च सम्मान गरेर काम गर्ने समेत वताए । वडा नम्वर ११ का वडाध्यक्ष चित्रवहादुर वलीले वडाका जनताको हरेक दुखसुखमा साथ दिने वताए । स्थानीय समाजसेवी तिलक वहादुर वस्नेतले स्थानीय समस्या राख्दै जनताले उपमहानगरपालिकासँग धेरै अपेक्षा गरेको वताए । सो अवसरमा वायु मापनका लागि तुलसीपुर उप महानगरपालिकामा आएका चेक गणतन्त्रका प्राध्यापक पावेल, डा. मिलोस र विज्ञ डाक्टर चिरञ्जीवि खड्काको उपस्थिति रहेको थियो ।