तुलसीपुर, ५ भदौ ,प्युठानमा आईतवार फेला परेको बेवारिसे शवको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले दिएको जानकारी अनुसार ज्यान जानेमा नौ बहिनी गाउँपालिका वडा नं.७ निवासी १९ वर्षिया बसन्ती सुवेदी भएको खुल्न आएको छ । उनी मृतक सुवेदी दाईको घर विजुवारमा बस्दै आएकी थिईन । उनको शव आईतवार जिल्लाको मल्लरानी गाउपालिका वडा नम्वर ५ गदारीफाँटाको झिमरुक खोलामा फेला परेको प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिएका छन् । उनलाई बाढिले नबगाई आफै सुसाईट गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्ल आएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाईएको छ ।
प्रकाशित मिति : २०७५ भाद्र ५ गते मङ्गलवार