२०८३ असोज ६ गते मङ्गलवार

“सर्वहारा जनताको मुक्तिको लागि एमाले पार्टीको विकल्प छैन”

तुलसीपुर,१७ नेकपा एमाले प्रदेश नम्बर पाँचका सदस्य टोपेन्द्र केसीले सर्वहारा जनताको मुक्तिको लागि एमाले पार्टीको विकल्प नभएको बताएका छन् । तुलसीपुर उपमहानगरपालीका १ कुमाल गाउँमा भएको संमायोजन कार्यक्रमलाई सम्बोधन गर्दै केसीले एमाले पार्टीमा पछिल्लो समय जनलहर बढ्दै गएको दाबी समेत गरे । सोहि कार्यक्रममा नेकपा एमाले सहकारी तथा गरिबीनिबारण विभागका केन्द्रिय सदस्य घनश्याम पाण्डेले सम्वृद्धि विना नयाँ नेपालको परिकल्पना गर्न नसकिने बताए । अहिले सम्म भाषण मात्रै भएको भन्दै अव काममा पनि जोड दिनु पर्ने बताए । झण्डै अठार बर्ष पछि निर्वाचान हुन लागेको भन्दै सवै चुनावी माहोलमा लाग्न उनले आग्रह गरे । धेरै बर्ष पछि आएको अवसरलाई उपयोग गरेर तुलसीपुर उपमहानगरपालीकाका १९ वटै वडामा विजय प्राप्त गर्ने गरि लाग्न कार्यकर्ताहरुलाई समेत सदस्य पाण्डेले निर्देशन दिए । सो अवसरमा साविकको नेकपा एमाले पवननगर गाउँकमीटी आज संमायोजन गरिएको थियो । साविकको एक देखि चार नम्बर वडा स्थानीय तहमा रुपान्तरण भए पछि अब तुलसीपुर उमहानगरपालीका १ भएको छ । यसैविच लक्ष्मण भण्डारीको संयोजकत्वमा ३१ सदस्य वडा कमिटी गठन गरिएको छ । जसको उपंयोजकमा भूपति भण्डारी, सचिवमा खुमप्रसाद भण्डारी र सदस्यमा लिला थापा रहेका छन ।
प्रकाशित मिति : २०७३ चैत्र १७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।