लक्ष्मण विश्वकर्मा ,तुलसीपुर, ४ भदौ ।
प्युठानमा एक युवतीको शव फेला परेको छ । जिल्लाको मल्लरानी गाउपालिका वडा नम्वर ५ गदारीफाँटाको झिमरुक खोलामा अन्दाजी २०÷२१ बर्षिया युवतीको बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिएका छन् । उनका अनुसार शब आईतवार बेलुका फेला परेको हो । शवको अहिले सम्म पनि पहिचान खुल्न सकेको छैन । मृतकको शवलाई जिल्ला अस्पताल बिजुवारमा राखीएको छ । जिल्ला प्रहरी कार्यालयमा मानिस हराएको भनि उजुरी दिएकाहरुलाई आफुहरुले सम्पर्क गरेपनि अहिले सम्म कसैबाट पहिचान हुन नसकेको डिएसपि बुढाथोकीले बताएका छन् ।
प्रकाशित मिति : २०७५ भाद्र ४ गते सोमवार