राम्रो ज्ञान भएका पर्यबेक्षकलाई निर्बाचनमा खटाउन सुझाव

 

शरद रेग्मी
दाङ,१७ चैत / स्थानिय तह निर्बाचनको परिबेक्षणमा स्वतन्त्र पहीचान बनाएका निकाय तथा संस्थाबाट गरिनुपर्ने नागरिकहरु अगुवाहरुले बताएका छन् । निर्बाचन आचार संहिताको राम्रो ज्ञान भएका परिबेक्षकहरुलाई निर्बाचनका समयमा खटाउनुपर्ने सुझाब दिएका छन् । उनीहरुले निर्बाचनमा मतदान अघि,मतदानका क्रममा र मतदान पछिको अबस्थाका बारेमा सुक्ष्म तरीकाले अनुगमन गर्न सक्ने अनुभव प्राप्त स्वतन्त्र निकाय र त्यसमा आबद्ध ब्यक्तीहरु खट्न सके निर्बाचनको परिबेक्षणको बिश्वसनीय अझ बढ्ने बताएका हुन ।

मानव अधिकार तथा शान्ति समाज दाङले सद्भाब प्रर्बद्धन,हिंसा र घृणको खारेजी तथा दण्डहिनताको अन्त्य बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि राजनीतिकदलका प्रतीनिधीहरुले आबधि निर्बाचनको महत्व निकै रहेको बताएका छन् ।
शान्ति समाज दाङका सभापति सुरेश हमालको सभापतित्वमा आयोजीत कार्यक्रममा नेपाली काग्रेसका नेता सुरेन्द्र खडका र नेकपा माओबादी केन्द्रका नेता रामजी चौधरी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिब सुशील बस्नेत , सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका शसस्त्र प्रहरी नायब उपरिक्षक अर्जूनप्रसाद सापकोटा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय योजना बिभाग संयोजक मोहन धिताल,केन्द्रीय शिक्षा बिभाग संयोजक निर्मल नेपाली,केन्द्रीय यातना निबारण संयोजक सरेश श्रेष्ठ र केन्द्रीय सरसफाई संयोजक उषा गौतम,पूर्ब सभापतिद्धय महेन्द्र लामिछाने र तेजबहादुर कार्कीले शान्ति पूर्ण र भयरहित स्थानीय तहको निर्बाचन गराउन सबैपक्षबाट सक्रियरुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७३ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया