अवरुद्ध सडक झन्डै दुई हप्ता पछि सन्चालनमा

तुलसीपुर,२ भदौ ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ पर्सेनी,बनहरी,सुकिदह हुदै चमेरेगुफा जाने सडक खण्ड झन्डै दुई हप्ता पछि सन्चालनमा आएको छ । उक्त सडक खण्ड अन्र्तगत बेत्रावती खोलामा बर्षातका कारण आएको वाढिले सडक अबरुद्ध भएको थियो । वडा नम्बर ४ र ७ को सिमानामा पर्ने वेत्रावती खोलामा आएको वाढिले खोलाको सतह गहिरो भएपछि टेक्टर बाहेक अन्य सवारी साधन चल्न सकेका थिएनन् ।

उक्त खोलामा वडा नम्वर ४ को वडा कार्यालयको पहलमा शुक्रवार डोजर प्रयोग गरी ६ वटा तारजाली निर्माण गरेर सडक बाटो सुचारु गरीएको वडा अध्यक्ष बालकृष्ण राणाले जनाकारी दिएका छन् । खोलामा तारजाली निर्माण गरेपछि साना तथा ठुला सवारी साधन शुक्रवार देखी सहज रुपमा सन्चालनमा आएका छन ।।

प्रकाशित मिति : २०७५ भाद्र २ गते शनिवार
प्रतिक्रिया