विद्यालय कर्मचारी परीषद्ले बुझायो ज्ञापन पत्र

तुलसीपुर,३१ साउन ।

विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल विद्यालय कर्मचारी परीषद्ले देशभरका स्थानिय तहमा ज्ञापन पत्र बुझाएको छ । केन्द्रीय कार्यक्रम अन्र्तगत तुलसीपुर नगर कमिटिले तुलसीपुर उपमहानगरपालीकाका नगर प्रमुख घनश्याम पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा विद्यालय लेखापालको नासु र सहयोगिको मुखिया सरहको तलव भत्ता हुनुपर्र्ने,महगिँ भत्ता तथा पोषाक भत्ता उपल्ब्ध गराउनुपर्ने, लगायतका मागहरु समेटिएको सचिब धुव्रराज न्यौपानेले जानकारी दिरुएका छन ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख पाण्डेले विद्यालय कर्मचारीका माग जायज रहेको बताएका थिए । कर्मचारीका समस्याहरुलाई माथिल्लो तह सम्म पुराउने र यहाँबाट हुने सहयोग गर्न आफु तयार रहेको बताएका थिए । ज्ञापन बुझाउन परीषद्का नगर अध्यक्ष मित्रलाल शर्मा,सचिब धु्रवराज न्यौपाने, प्रदेश ५ का उपाध्यक्ष डम्बर वली लगायतको सहभागिता रहेको थियो ।

केन्द्रीय कार्यक्रम अन्र्तगत कर्मचारी परीषदले भदौ ३ र ४ गते देशभरका सामुदायिक विद्यालय बन्द गर्ने जनाएको छ ।।

प्रकाशित मिति : २०७५ साउन ३१ गते बिहिवार
प्रतिक्रिया