भोली देखि नयाँ मुलुकी ऐन लागु हुदै,१२ वर्षसम्म विना सूचना हराए मृत्यु भएको मानिने

तुलसीपुर,३१ साउन ।
मुलुकी ऐन संशोधन गर्न बनेको देवानी कानुनले कुनै व्यक्ति १२ वर्षसम्म विनासूचना हराए मृत्यु भएको मानिने व्यवस्था गरेको छ । यो कानुन भोलिदेखि लागू हुँदैछ । ऐन अनुसार १२ बर्षमा हराएको व्यक्ति पर्केपनि मृत्यु भएको मानिने देखिन्छ । लामो समयदेखि सम्पर्कमा नआउँदा अंशबन्डा र सम्पत्ति हस्तान्तरणमा समस्या हुने गरेको थियो। अब १२ वर्ष सम्पर्क विहीन व्यक्ति जीवित रहेको प्रमाण फेला नपरे मृत्यु भएको मानिनेछ ।

त्यस्तै, ८० वर्ष उमेर पूरा भएका व्यक्ति हराएर पाँच वर्षसम्म फेला नपरे मृत्यु भएको मानिने पनि नयाँ कानुनले व्यवस्था गरेको छ। युद्धमा खटिएको सैनिक युद्ध समाप्त भएको चार वर्ष नफर्किए पनि मृत्यु भएको मानिने छ। हवाइजहाज, पानीजहाज वा सवारी साधन दुर्घटनामा परेर तीन वर्ष नफर्किए मृत्यु मानिने छ।

प्रकाशित मिति : २०७५ साउन ३१ गते बिहिवार
प्रतिक्रिया