पिकअप जिप दुर्घटना हुदा दुई जनाको ज्यान गयो

लक्ष्मण विश्वकर्मा,तुलसीपुर, २८ साउन । पिकअप जिप दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ । पाल्पामा आईतवार भएको जिप दुर्घटनामा परि गम्भिर घाईते भएका तानसेन नगरपालिका ६ बतुङकी ४८ वर्षीय कमला पाण्डे र बगनासकाली गाउँपालिका ३ का ९ महिनाका निसान बस्यालको युनाइटेड मिशन अस्पताल तानसेनमा उपचारको क्रममा सोमवार विहान निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यस्तै दुर्घटनामा परि बगनासकालि गाउँपालिका ३ बस्ने बर्ष २६ कि लक्ष्मी बस्याल , सोहि वडाका बर्ष ५ का नविन बस्याल र ५२ वर्षका रामजि चौधरी घाईते भएका छन् । उनीहरुको युनाइटेड मिशन अस्पतालमा उपचार भईरहेको छ । हुलाकमोड देखि बसपार्क तर्फ जादै गरेको ग १ च ६७४८ नंम्वर पिकअप जिप तानसेन ३ बडिकानटोल स्थित ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त पिकअपले रोकीराखेको ६ वटा मोटरसाईकललाई ठक्कर दिदा केहि क्षति समेत भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिप र जिप चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताईएको छ ।

प्रकाशित मिति : २०७५ साउन २८ गते सोमवार
प्रतिक्रिया