एच.आर. मगरको तिज कोशेली मुरलीको धुन बजारमा

लक्ष्मण विश्वकर्मा,तुलसीपुर, २७ साउन ।
दाङ तुलसीपुर ५ निवासी गायक तथा मोडेल एच.आर. मगरको तिज कोशेली मुरलीको धुन बजारमा आएको छ । मोडेल एच आर मगरले दिएको जानकारी अनुसार यो वर्षको तिजमा उनले स्वर र मोडेल गरेको दुई वटा तिज गित बजारमा आएका छन् । मधुसुधन डाँगीको शब्द र एलिसा मगरको संगितमा रहेको उक्त मुरलीको धुन तिज गितमा एच.आर. मगर र तुलसी घर्तिमगरको स्वर रहेको छ भने मोडेलमा एच.आर.र आरुसी मगरको रहेको छ । त्यस्तैगरी सुनको चुरा तिज गितमा पनि आफुले स्वर र मोडेल गरेको एच.आर. मगरले जानकारी दिएका छन् ।
बिर्सना बुढाथोकीको शब्द,संगित र स्वरमा रहेको उक्त तिज गितमा अन्जली अधिकारी र यादब देवकोटा (सरापे)को मोडेल रहेको उनले जानकारी दिएका छन् । विगतका वर्षहरु झै यस वर्ष पनि आफुले विभिन्न तिज गितहरुमा स्वर र मोडेल गरेको उनको भनाई छ । उनका अनुसार गत व्युटि व्युटि तिज गितमा स्वर र मोडेल गरेका थिए ।उनले काली बोलको लोक दोहोरी गितमा पनि स्वर र मोडल गरेका छन् । सानै उमेर देखी गित संगितमा अति रुचि र चाहाना राखेको भन्दै विगत एक वर्ष देखी यस क्षेत्रमा निरन्तर लागी परेको उनले बताएका छन् ।

 

 

प्रकाशित मिति : २०७५ साउन २७ गते आइतवार
प्रतिक्रिया