दाङमा मापसे गरी सवारी चलाउने बढ्दै

तुलसीपुर,२६ साउन ।

दाङमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेको संख्या बढ्दै गएको छ । जिल्ला ट्राफिक कार्यालय दाङले दिएको जानकारी अनुसार मादक पदार्थ सेवन चेकजाँच गर्ने क्रममा आर्थीक वर्ष २०७३/०७४ मा ६ सय २४ चालक कारवाहिमा परेका थिए । जसबाट ६ लाख २४ हजार रुपैया राजश्व संकलन भएको थियो । ट्राफिक चेकजाँचका क्रममा ट्रक १४ वटा, जिपकार २२ वटा, मोटरसाईकल ५ सय ५४ वटा, ट्याक्टर २१ वटा र १३ वटा अटोरिक्सा चालकलाई कारवाहि गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख मदन कुंवरले जानकारी दिएका छन् ।

यस्तै गरी आर्थीक वर्ष २०७४/०७५ मा ७ सय १२ वटा सवारी चालक कारबाहिमा परेका छन् । जसमा बस ७, ट्रक १८, जिपकार ३१, मोटरसाईकल ६ सय ६ ,ट्याक्टर २७ र २३ अटोरिक्सा चालकलाई कारवाहि गरी उनीहरुबाट ७ लाख १२ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख कुंवरले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ साउन २६ गते शनिवार
प्रतिक्रिया