रेडियो प्रकृतिको समाचार सम्पादकमा परियार नियुक्त

तुलसीपुर,२२ साउन ।

प्राकृतिक श्रोत साधन तथा ब्यवस्थापन नेपाल द्धारा सञ्चालित सामुदायिक रेडियो प्रकृति एफएमको समाचार सम्पादकमा बसन्त परियार नियूक्त भएका छन । संस्थाको पदपुर्ति समितिको आज बसेको बैठकले परियारलाई सम्पादकमा नियूक्त गर्ने निर्णय गरेको हो । दाङको तुलसीपुरबाट प्रशारण हुदै आएको रेडियोमा यस अघि उनि सह सम्पादकको जिम्मेवारीमा रहेका थिए ।

समितिका संयोजक रामप्रसाद चालिसेको अध्यक्षता तथा संस्थाका अध्यक्ष खगेन्द्र प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा समितिको बैठक बसेको थियो । यसैविच, सोहि अवसरमा रेडियोको बार्षिक समिक्षा समेत गरिएको थियो । रेडियोको हालको अवस्थाबारे विज्ञापन प्रमुख जया पाण्डे,प्राविधिक प्रमुख माधव कडेल,समाचार प्रमुख बसन्त परियार,लेखा प्रमुख दिपेन्द्र बस्नेतले रिर्पोटिङ्ग गरेका थिए ।

सो अवसरमा संस्थाका सदस्य संगित बस्यालले शाखा प्रमुखहरुले आगामि दिनमा गर्ने काम र कर्तब्य बारेमा प्रष्ट पारेका थिए । यस्तै,प्रत्येक शाखाका प्रमुखलाई मासिक रुपमा रेडियोले गरेको प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिईएकोे रेडियोका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७५ साउन २२ गते मङ्गलवार
प्रतिक्रिया