एक करोड पाए बालक मुक्त गर्ने अपहरणकारीको माग

काठमाडौं, २१ साउन । काठमाडौंको काँडाघारीबाट एक बालक अपहरणमा परेका छन् । स्थानीय चमेली खड्काकी छोरा ११ वर्षीय निशान खड्का अपहरणमा परेका हुन् । आइतबार साँझदेखि बेपत्ता उनलाई अपहरणकारीले फिरौती रकम माग गर्दै टेलिफोन सम्पर्क गरेपछि अपहरणको रहस्य खुलेको हो । अपहरणकारीले करोडौं रुपैयाँ फिरौती माग गरेको जनाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७५ साउन २१ गते सोमवार
प्रतिक्रिया