दाङमा झारफुक गर्ने बहाना बनाई जबरजस्ती करणी

तुलसीपुर,२१ साउन ।
धामी झाक्री गरी झारफुक गर्ने बहाना बनाई जबरजस्ती करणी गर्ने एक बृद्ध दाङमा पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही उप(महानगरपालिका वडा नं।१६ सर्रा स्थित बस्ने बर्ष ५५ को प्रेम बहादुर बि।क। रहेको दाङ प्रहरीले जनाएको छ ।

धामी झाक्रीको बहाना बनाई झारफुक गर्ने भनी आफ्नो डेरामा बोलाई एक महलिालाई साउन १६ गते जबरजस्ती गरेको जनाइएको छ । उनलाई साउन १९ गते पक्राउ गरि जबरजस्ती करणी मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ साउन २१ गते सोमवार
प्रतिक्रिया