Update : जाजरकोटमा पहिरोमा परि ज्यान गुमाउने संख्या ९ पुग्यो

दाङ, २० साउन ।जाजरकोटको सदरमुकाम खलंगा नजिक पहिरो जादा पहिरोमा परि ज्यान गुमाउने संख्या ९ पुगेको छ । पहिरोमा परी ज्यान गुमाउनेमा ८ जना बालबालिका र १ महिला रहेका छन् । अविरल वर्षाका कारण गएराति ठाँटीबजार नजिकै पहिरो गएको हो। पहिरोका कारण तिर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको हो।

प्रहरी कार्यालय जाजरकोटका अनुसार पहिरोमा परि ज्यान जानेमा १३ वर्षीय नरेन्द्र परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार, ११ नविन परियार, ८ वर्षीय नज्मा बोहरा, ३ वर्षीया मनिषा विक, २५ वर्षीया सितला लोहार, उनकी छोरीहरू ९ वर्षीया भगवती विक र ६ वर्षीया रञ्जना विक हुन् ।

मृतक सितला बोहराका ३१ वर्षीय श्रीमान् लालबहादुर बोहराको भने जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिएको जिल्ला प्रहरी कार्यालय जाजारकोटले जनाएको छ ।

प्रकाशित मिति : २०७५ साउन २० गते आइतवार
प्रतिक्रिया