समाचार प्रभाव, बाटो ग्राभेल

तुलसीपुर, १८ साउन । तुलसीपुर ५ राप्ती अन्चल अस्पतालको उत्तरदेखी रानीजरुवा जाने बाटो ग्राभेल गरीएको छ । वर्षातको समयमा बाटो हिलाम्य हुदा समस्या हुने गरेको नागरिकहरुको गुनासो आउन थाले पछि साउन १५ गते तुलसीपुर खबर डटकममा तुलसीपुर बजार नजिकै हिलाम्य बाटो भन्ने शिर्षकमा समाचार प्रकाशन भएको थियो ।
तुलसीपुर बजार नजिकै रहेको उक्त बाटोमा विहिवार तुलसीपुर उपमहानगरपालिका ५ नम्वर वडा कार्यालयले ग्राभेल गरीदिएको छ । सोहि बाटो हिड्ने नागरिकलाई अब धेरै सहज हुनेछ । वडा अध्यक्ष विरेन्द्र शाहले आफु विकास प्रेमी जनप्रतिनिधि भएको बताउदै कहिकतै विकासको अभावले वडाबासीलाई समस्या भएमा त्यसको पहल आफुले गर्ने बताएका छन् ।छिटो छरिटो पुगिने भएपछि उक्त बाटोमा दैनिक संयौ नागरिकहरु आवतजावत गर्दछन् । सोहि बाटोमा तुलसीपुर वडा नम्बर ५ अन्र्तगतका ४ वटा टोलबासी, वडा नं. ९ र ३ का केहि वडाबासीहरु दैनिक आवतजावत गर्दछन् ।

प्रकाशित मिति : २०७५ साउन १८ गते शुक्रवार
प्रतिक्रिया