सरकारी तथा गैरसकारी कार्यालय भवन अपाङमैत्री नभएको गुनासो

तुलसीपुर, १७ साउन । अपाङमैत्री भवन र अपाङमैत्री सेवा पाउन अझै नसकेको दाङका अपाङ्ता भएकाहरुले गुनासो गरेका छन् । अपाङ समाज सुधार केन्द्र तुलसीपुरको १०औ बार्षिक उत्सव विहिवार तुलसीपुरमा भएको कार्यक्रममा अपाङता भएका ब्यक्तिहरुले संबिधान र ऐनमा भएको ब्यबस्था कार्यान्वयन हुन नसकेको गुनासो गरेका हुन । सरकारी तथा गैरसकारी संस्थाहरुका भवन अझैपनि अपाङमैत्री नभएको उनिहरुले बताएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमख जीतेन्द्रमान नेपालीले अपाङता भएका ब्यक्तिहरु संगठीत हुनुपर्नेमा जोड दिएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपालीले आफ्नो क्षमता,दक्षता,सीपलाई प्रर्दशन गर्न सके स्थानिय सरकारले सहयोग तयार रहेको उनले बताएका थिए ।
यस्तै,तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले अपाङ्गता भएका ब्यक्तिहरुलाई पहिलो काम परिवारमा पूर्नस्थापना सकिने उनले बताएका छन ।सो अवसरमा नेपाल कम्यूनिष्ट पार्टीका नेता टीकाराम खड्का,साहित्यकार डाक्टर लोकराज पराजुली,मौलाकालीका अपाङ समाज नवलपरासीका अध्यक्ष कृष्णबहादुर रोका,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का वडा सदस्य दुजमान भण्डारी,जेष्ठ नागरिक समाज बृद्ध सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारी,तुलसीपुर नगर स्तरीय अपाङ्ग सेवा समितीका संयोजक दोलख खत्रि लगायतले बालेका थिए ।
संस्थाका अध्यक्ष हुमाकान्त कँडेलको अध्यक्षतामा भएको बार्षिक उत्सवमा अपाङ्गताको क्षेत्रमा कलम चलाउने पत्रकार सुशील बस्नेत,अपाङता भएका तर प्रबिधिमा राम्रो ज्ञान भएका रोषण गिरी लगायतलाई सम्मान गरिएको थियो । उपाध्यक्ष ईश्वरीप्रसाद खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिब माया भण्डारीले गरेकि थिईन ।।

प्रकाशित मिति : २०७५ साउन १७ गते बिहिवार
प्रतिक्रिया