दाङमा सर्पको टोकाईबाट एक बालकको ज्यान गयो

तुलसीपुर, १७ साउन । दाङमा सर्पको टोकाईबाट एक बालकको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका १८ मनिकापुर निवासि ४ बर्षीय बालक रिदम कंवर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बुधवार बेलुकी ९ बजेतिर शौच गर्न बाहिर आमा सँगै आएका रिदमलाई सर्पले दाईने खुट्टाको औलामा टोकेको थियो । सर्पले टोके लगत्तै उपचारका लागि अञ्चल अस्पताल तुलसीपुर ल्याएपनि अञ्चल अस्पतालले उपचार गर्न नसक्ने बताएपछि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्ज पुगे लगत्तै आज बिहान २ बजेतिर बालकको ज्यान गएको कपिल लामिछानेले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७५ साउन १७ गते बिहिवार
प्रतिक्रिया