तुलसीपुर, १६ साउन / संगित नगर टोल विकास संस्था तुलसीपुर उपमहानगरपालिका– ५ को आठौ साधारणसभा आज (बुधबार ) सम्पन्न भएको छ । साधारणसभाले बस्ती संरक्षणका लागि पातुखोलामा तट्बन्ध निर्माण, जिर्ण सडक र नाला निर्माण लगाएतका भौतिक पूर्वाधार विकासका लागि सम्बन्धित वडा र उपमहानगरपालिकासंग समन्वय गरेर अघि बढ्ने निर्णय गरेको छ ।
त्यसैगरी सभाले सचिव छवि परियारले पेश गरेको बार्षीक प्रतिवेदन र कोषाध्यक्ष गिता पुनले पेश गरेको आर्थिक बर्ष २०७४/०७५ को ७ लाख ४२ हजार ९ सय ८३ रुपैयाँ अनुमोदन गरेको छ ।
संस्थाका अध्यक्ष अम्मर नाथको अध्यक्षतामा भएको साधारणसभामा असल ऋणी प्रकाश परियार, गोपी सार्की, नमुना घर्ति, मनु पुनलाई सम्मान गरिएको थियो ।
यसैविच साधारण सभाले आगामी कार्यकालका लागि ओपेन्द्र बस्नेतको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसहमत रुपमा चयन गरिएको छ ।
जसको उपाध्यक्षमा गिता पुन, सचिव छवि परियार, सह–सचिव मनोज बस्नेत, कोषाध्यक्ष गणेस पुन, रहनु भएको छ ।
त्यसैगरी सदस्यमा चामरे दमाई, हरी नेपाली, भिमा विक, भूमा बस्नेत, निर्मला विक र लक्ष्मी खड्का चयन हुनु भएको छ ।