तुलसीपुर, १६ साउन । आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ ।सन् १९९० मा विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको पहलमा विश्व स्तनपान सप्ताह मनाउने घोषणा गरिएको थियो । ‘स्तनपान जीवनको आधार’भन्ने नारासहित यस वर्षपनि यो दिवस नेपालसहित विश्वभर मनाइँदै छ ।
नेपालका विभिन्न अस्पताल, स्वास्थ संस्थामा आजदेखि साउन २२ गतेसम्म विश्व स्तनपान सप्ताह मनाइने भएको छ । स्तनपानको महत्वबारे सचेत गराउन, शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउन जोड दिन र सुनौला हजार दिन अन्तर्गतका आमाहरूलाई स्तनपान नगराउनुका बेफाइदालगायत विषयमा जनचेतना दिन यो सप्ताह मनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७५ साउन १६ गते बुधवार