कैलालीमा आमाछोराको रहस्यमय मृत्यु

कैलाली,१५ साउन ।

कैलालीको बर्दगोरिया गाउँपालिका-२ कुण्डीमा ४ वर्षीय बालक र एक महिलाको रहस्यमय मृत्यु भएको छ । लालबहादुर डगौरा गोठमा काम गरिरहेका बेला उनकी श्रीमती २० वर्षीया सीता र चार वर्षीय छोरा संकेत घरभित्र झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले जानकारी दिए ।

गोठमा काम गरिरहेकै अवस्थामा लालबहादुरले छोरासहित श्रीमती नजिकै रहेको घरमा झुण्डिएको थाहा पाएपछि छिमेकीलाई खबर गरेका थिए । छिमेकीले प्रहरीलाई खबर गरेपछि आमाछोराको शव निकालिएको थियो । घरको ढोकाको भित्रबाट चुकुल लगाएकोले सीताले छोराको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

 

मृतक आमाछोराको शव पोष्टमार्टमको लागि टीकापुर अस्पताल लगिएको एसपी घिमिरेले जानकारी दिए । प्रहरीले सोधपुछका लागि भन्दै लालबहादुरलाई नियन्त्रणमा लिएको छ । केही समयअघि मात्रै भारतबाट घर र्फकेका उनी फेरि मजदुरीका लागि भारत जाने तयारी गरेका थिए ।

प्रकाशित मिति : २०७५ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया