सव ईन्जिनियर गौतम, दश हजार घुस रकम सहित पक्राउ

तुलसीपुर , १५ साउन । बर्दियामा घुस लिएको आरोपमा एक जना सव ईन्जिनियरलाई अख्तियारको टोलीले रंगेहात नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, बर्दियामा कार्यरत असिस्टेन्ट सव(ईन्जिनियर रमेश कुमार गौतमले बबई बहुमुखी क्याम्पसको शौचालय निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटी गएको टोलीले मंगलवार उनलाई घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीले असिस्टेन्ट सव(ईन्जिनियर गौतमलाई दश हजार घुस वापतको रकम लिईसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाईएको छ । उनलाई कार्यालय परिसर भित्र दर्ता चलानी तथा सोधपुछ कक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७५ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया