तुलसीपुर बजार नजिकै हिलाम्य बाटो !

लक्ष्मण विश्वकर्मा,तुलसीपुर १५ साउन ।
काम पर्छ यहि बाटो हिड्छु,छिटो पनि पुगिन्छ तर हिलाम्य बाटो देख्दा हिड्न दिक्क लाग्छ, यो भनाई हो तुलसीपुर ५ निवासी सिता वलीको । उनी प्राय सोहि बाटो हिड्छीन् तर पानी परेको समयमा हिलाम्य हुदा सास्ती हुने गरेको उनि बताउछिन् । बत्तीमुनीको अध्यारो भने जस्तै तुलसीपुरको बजार नजिकै रहेको उक्त बाटो बर्षातको समयमा हिलाम्य हुदा नागरिकहरुलाई सास्ती भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित राप्ती अञ्चल अस्पताल तुलसीपुरको उत्तरदेखी रानीजरुवा जाने बाटो हिउँदमा सहज भएपनि बर्षातको समयमा हिलाम्य हुदा समस्या हुने गरेको नागरिकहरुको गुनासो छ ।

अप्ठेरो भएपनि दैनिक सयौ मानिसहरु सोही बाटो आवतजावत गर्छन् । छिटो छरितो पुगिने भएकाले पनि बालबालिका,विद्यार्थी देखी बयोबृद्ध मानिसहरु प्राय सोहि बाटो बाट आवत जावत गर्ने गर्दछन । उक्त बाटोमा तुलसीपुर वडा नम्बर ५ अन्र्तगतका ४ वटा टोलबासी, वडा नं. ९ र ३ केहि वडाबासीहरु दैनिक हिड्ने गर्दछन् ।

नागरिकहरुको यात्राको समस्यालाई मध्यनजर गदै वडा नं. ५ को कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा झन्डै १० लाख रुपैया बजेट विनियोजन गरेको थियो तर उक्त बजेट कार्यान्वयन हुन नसकी फिर्ता भएको थियो । तुलसीपुर खानेपानी संस्थाले आफ्को संरचनामा क्षति पुग्ने भनेपछि बजेट कार्यान्वयन नभएको हो । यता वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र शाहले समस्या समाधान तत्काल गरिने बताएका छन् । उनले तुलसीपुर उप महानगरपालिकाको योजना शाखा संग समन्वय गरी समस्या समाधान गरिने बताएका छन् ।

प्रकाशित मिति : २०७५ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया