घर भत्कीदा सवा तीन लाखको क्षती

सल्यान, १४ साउन ।

सल्यानमा घर भत्कीदा सवा तीन लाखको क्षती भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर चार धनवाङ स्थीत उल्टेकुला निवासि गोफ्ले रावतको घर अविरल वर्षाको कारण भत्कीएको प्रहरीले जानकारि दिएको छ ।

केहि दिन अघिको अविरल वर्षाले घर भत्कीएर पूर्ण रुपमा क्षती भएपछि रावत परिवारले क्षतीपूर्तीका लागी प्रहरी चौकी कपुरकोटमा निवेदन दिएको थियो । प्रहरी चौकीको टोलिले मुचुल्का उठाउँदा तीन लाख १५ हजार रुपैया बराबरको क्षती भएको पाइएको प्रहरी चौकी कपुरकोटका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द केसीले जानकारि दिएका छन् ।

उनका अनुसार माटो र ढुंगाले निर्माण भएको तथा जस्ता पाताले छाएको दुई तले घर भत्कीदा भाँडावर्तन, लत्ता कपडा, अन्नपात नष्ट भएको छ । घर भत्कदा मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ साउन १४ गते सोमवार
प्रतिक्रिया