साहुको मिटर ब्याजका कारण सुसाइट नोट लेख्दै व्यापारी वेपत्ता

दाङ, १४ साउन । साहुको मिटर ब्याजका कारण आफ्नो जीवन असहज भएको सुसाइट नोट लेख्दै पोखराका  ब्यापारी बेपत्ता भएका छन् । पोखरा सभागृह गेट नजिकै इभा ट्रेडर्स सञ्चालन गर्दै आएका फरिन्द्र ढुंगानाले मिटर ब्याजी साहुका कारण जीवन असहज भएको भन्दै साहुहरुकै नाम किटेर सुसाइड नोट लेखी बेपत्ता भएका हुन् ।
इभा ट्रेडर्सका संचालक ३५ वर्षीय ढुंगाना शनिबार बेलुकीदेखि सम्पर्क्विहीन छन् । स्कुटर लिएर निस्केका ढुंगाना पोखराको चोरसाँघु नजिकै एसओएस स्कुल अगाडि उनको २३ प ५७६८ नम्बरको स्कुटर फेला परेको थियो । पुल नजिकै स्कुटर बेवारिसे अवस्थामा फेला पर्नु, स्कुटरको डिक्किमा रहेको सुसाइड नोट भेटिनुले उनले आत्महत्या गरेको आशंका गरिएको छ । डिक्किमा भेटिएको पत्रमा उनले मिटर ब्याजी साहुका कारण अन्तिममा आफूले यो कदम उठाउनुपरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७५ साउन १४ गते सोमवार
प्रतिक्रिया