आन्दोलनमा सहभागी हुन दाङ कांग्रेसको अपिल

तुलसीपुर,१४ साउन ।
सरकारको क्रियाकलाप बिरुद्ध आन्दोलन तय गरेको नेपाली कांग्रेसले दाङमा हुने आन्दोलनमा सहभागी हुन सबैमा अपिल गरेको छ । दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकार संविधानको बर्खिलाप गर्दै लोकतन्त्रको मर्म बिपरित आफ्ना क्रियाकलाप अघि बढाईरहेको भन्दै कांग्रेसले भोली देशब्यापी आन्दोलनको कार्यक्रम तय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत आन्दोलनको कार्यक्रम तय गरेको कांग्रेस दाङले पनि आन्दोलनको तयारी भब्य रुपमा भैरहेको जनाएको छ । गाउँतहका सर्वसाधारणहरुलाई आन्दोलनको मर्मका बारेमा जानकारी दिँदै कांग्रेसले सहभागीताका लागि सर्वसाधारणहरुलाई अनुरोध गरिरहेको छ । कांग्रेस सभापति किर्तिवहादुर खड्काका अनुसार आन्दोलनलाई भब्य बनाउनका लागि पार्टीका हरेक तहहरु सकृय रुपमा लागेको जानकारी दिनुभयो ।

यसैविच कांग्रेस दाङले १५ गने हुने आन्दोलनमा सहभागी हुन सबैमा अनुरोध गरेको छ । पार्टी सभापति खड्काले पार्टीका हरेक पंक्तीका नेता कार्यकर्ता लगाएत,भातृ तथा शुभेच्छुक संस्थाहरुलाई आन्दोलन भब्य बनाउनका लागि आग्रह गर्नुभएको छ । कांग्रेस दाङले विहान ११ बजे पार्टी कार्यालयबाट सरकार बिरोधी आन्दोलनको सुरुवात गर्ने छ ।

प्रकाशित मिति : २०७५ साउन १४ गते सोमवार
प्रतिक्रिया