बालिका बलात्कार गर्न खोजेको आरोपमा पक्राउ

तुलसीपुर,१४ साउन ।

बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिकामा पाँच वर्षीया बालिका बलात्कारको प्रयास गरेको आरोपमा पञ्चपुरी नगरपालिकाकै ४५ वर्षका यामलाल सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले आइतबार सापकोटालाई पक्राउ गरेको जानकारी दिनुभयो । सापकोटाले रारी रोपाई सकेर बालिकाको परिवार छिमेकीकोमा खाना खान गएको बेलामा बालिकालाई बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।

बालिकाको दिदी नाता पर्नेले बालिकालाई बलात्कारको प्रयास गर्न लागेको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ साउन १४ गते सोमवार
प्रतिक्रिया