रुपन्देहीमा ३६ लाख घुससहित इन्जिनियर पक्राउ

 बुटवल,१२ साउन ।

सेवाग्राहीसँग लिएको ३६ लाख रुपैयाँ घुससहित भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर पक्राउ परेेका छन् ।

३६ लाख ७२ हजार ५ सय रुपैयाँ लिएर घर जाँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो । आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको अख्तियारका शाखा अधिकृत सुरेश भुसालले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७५ साउन १२ गते शनिवार
प्रतिक्रिया