Update : त्रिशुली नदिमा खसेर दुर्घटना हुदा मुत्यु हुनेको संख्या ७ पुग्यो

 चितवन,११ साउन । त्रिशुली नदि किनारमा बस र ट्रक एक आपसमा ठोकिएर दुर्घटना हुदा ७ जनाको ज्यान गएको छ भने १२ जना घाईते भएका छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस र मुग्लिनबाट काठमाडौ तर्फ जादै गरेको ना५ख ७४०९ ट्रक इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा आज दिउसो एक आपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा परि ज्यान जानेमा तनहु जिल्लाका ४० वर्षिय बाबुराम तिवारी, सोहि जिल्लाका २७ वर्षिय सुमित श्रेष्ठ, काठमाडौका ३० वर्षिय रविन गुरुङ रहेका छन् । यस्तै अन्दाजी २७ वर्षिया महिला,१८ वर्षिया महिला, २ वर्षिय बालक र ३५ वर्षिय एक पुरुषको यो समाचार तयार पार्दा सम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै दुर्घटनामा परि १२ जना घाईते मध्य ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको चितवनको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको बताईएको छ ।

प्रकाशित मिति : २०७५ साउन ११ गते शुक्रवार
प्रतिक्रिया