सल्यानमा बन्यो आधुनिक हिरासत कक्ष

मिना बुढाथोकी, सल्यान साउन ११ ।
जिल्ला प्रहरी कार्यालय सल्यानमा आधुनिक र स्वस्थकर हिरासत कक्ष बनेको छ । हिरासत कक्षलाई आधुनिक सल्यान प्रहरी हिरासत÷स्वस्थकर हिरासत नाम दिएर आधुनिकिकरण गरिएको सल्यान प्रहरी प्रमुख डिएसपी भरत बहादुर विकले बताए । यस अघि हिरासतमा आउने व्यक्तीका मानवअधिकारका दृष्टिकोणले उपयुक्त नभएको हिरासत कक्षमा अहिले सफा कोठा, सफा सुन्दर विस्तरा र उज्यालो कोठा बनाईएको उनले बताए ।

विक्रम सम्वत २०१२ सालमा स्थापना भएको जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा २५ जना राख्न मिल्ने क्षमता रहेको छ । ६३ वर्ष अघि स्थापना भएको यस प्रहरी कार्यालयमा महिला र पुरुषका लागी दुई वटा हिरासत कक्ष रहेका छन् ।

‘प्रहरी हिरासतमा आउने व्यक्ती लाई उडिसले घेरी हाल्नु पर्ने, उस्ले विस्तराको अभाव हुनु पर्ने, स्वच्छ हावा स्वच्छ खानाको अभाव हुनु पर्ने हुनु हुदैन्,उनले थपे ।’ प्रहरी प्रमुख डिएसपी भरत बहादुर विकका अनुसार यस्तो आधुनिक हिरासत नेपालमै पाँच÷सात ठाउँमा मात्र रहेका छन् ।
हिरासतको आज जिल्ला प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, शारदा नगर प्रमुख सुरेस अधिकारी, जिल्ला स्थित मानव अधिकारकर्मी,पत्रकार, सरोकारवाला निकायले अवलोकन गरेका छन् । अवलोकन पछि आयोजित कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आधुनिक हिरासत लाई दिगो राख्नका लागी सरसफाई र हेरचाह आवश्यक रहेकोमा जोड दिए ।

शारदा नगर प्रमुख सुरेस अधिकारीले अहिलेको हिरासतको व्यवस्थापन एकदमै सराहनीय रहेको बताए । हिरासतको व्यवस्थापनको प्रशंसा गर्दै उनले यस्लाई निरन्तरता दिनका लागी नगरपालिकाले जुनसुकै सहगोग गर्न तैयार रहेको बताए ।

ईन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले यहाँको हिरासतमा आएका व्यक्तीले मानअधिकारको अनुभव गर्न पाउनु राम्रो कुरा भएको बताइन् । हिरासत भित्र पनि आरोपितले यस अघि विभिन्न समस्या भोग्दै आएको पटक पटक कुरा उठे पनि अहिले आएर आधुनिक हिरासत संचालनमा आउदा यस्ले जिल्लामै राम्रो सन्देश दिएको उनको भनाई थियो ।

साथै पछिल्लो समय प्रहरीले शान्ती सुरक्षामा खेलेको भुमिकाले सर्वसाधारणले सुरक्षाको अनुभुति गरि रहेको पाईएको उनको भनाई थियो । नेपाल बार एशोसियशनका अध्यक्ष लाल बहादुर रावतले आधुनिक हिरासतलाई निरन्तरता दिन सरसफाई लगायतका विषयमा ध्यान दिनु पर्ने बताए ।

 

प्रकाशित मिति : २०७५ साउन ११ गते शुक्रवार
प्रतिक्रिया