आज देशभर मौसम बदली हुने

तुलसीपुर,१० साउन ।
आज देशभर मौसम बदलीभई हल्का देखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षा हुने र आज राति कतिपय स्थानमा भारी वर्षा समेत हुन सक्ने मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मध्य र पश्चिम तथा पूर्वमा मौसम बदली भई मध्यम देखि भारी वर्षा हुनेछ । यसैबीच,आज र भोली देशका ठुला नदीहररुमा ठुलो बाढीको संभावना नदेखिएको बाढी पूर्वानुमान शाखाले जनाएको छ । पर्सी भने देशैभरका नदीहरुमा बहाब उल्लेख्य बढ्ने र केहिमा सतर्कता तह समेत पुग्न सक्ने शाखाको भनाइ छ । आज र भोली वर्षा भइ राख्दा ससाना खोलाहरुमा सतर्कता अपनाउन शाखाले सचेत गराएको छ । पर्सी भने देशै भरका चुरे र पहाडका स साना खोलाहरुमा उच्च सतर्कता जरुरी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७५ साउन १० गते बिहिवार
प्रतिक्रिया