२०८३ भाद्र २३ गते मङ्गलवार

दाङमा चुनावको माहोल बढ्दै , टिकटका लागि को को छन आकांक्षीहरू ( नाम सहित )

चैत्र १६ तुलसीपुर । स्थानीय तहको निर्वाचनको समय नजिकिँदै गर्दा दाङमा चुनावको माहोल बढ्दै गएको छ । निर्वाचनको मिति घोषणासँगै विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू चुनावी छलफल र बहसमा केन्द्रित हुन थालेका छन् । करिब १८ वर्षदेखि स्थानीय निकाय जनप्रतिधिहीन हुँदाको अवस्थामा आगामी ३१ वैशाखमा राज्य पुनःसंरचनाअनुसार स्थानीय तहको निर्वाचन हुने भएकाले पनि सबैको ध्यान आगामी चुनावले तान्न सफल भएको छ । चुनावको चर्चासँगै स्थानीय तहका विभिन्न पदहरूका आकांक्षीहरूका पनि चर्चा चुलिँदै गएको छ भने उम्मेदवारका आकांक्षीहरू टिकट हात पार्न प्रभावशाली नेताको घरसम्मको दौडमा सामेल भइरहेका छन् । आकांक्षीहरूका दौडका कारण प्रभावशाली स्थानीयलगायत अन्य नेताहरूको घरमा चहलपहल बढ्दै गएको छ । राज्य पुनःसंरचनाअनुसार जिल्लामा कायम भएको दुई उपमहानगरपलिका, एक नगरपालिका र ७ गाउँपालिका गरी १० स्थानीय तह कायम भएका छन् । तीमध्ये जिल्लाको दुर्गममा रहेका राप्ती गाउँपालिका र बंगलाचुली गाउँपालिकामा कुनै पनि दलको तर्फबाट सम्भावित उम्मेदवारको चर्चा हुन सकेको छैन । सुगम ठाउँका स्थानीय तहहरू मात्र चुनावी चर्चामा रहेको राजनीतिक दलका नेताहरूले स्वीकार गरेका छन् ।   मतदान हुने दिन आउन करिब दुई महिना अगावै सम्भावित उम्मेदवारका नेताहरूको सकारात्मक र नकारात्मक पक्षका समीक्षा र टिकाटिप्पणी हुन थालेको छ । नेता, कार्यकर्ता र शुभचिन्तकहरूले अहिलेदेखि नै आफू निकटका नेताहरूको नाम उम्मेदवारका रूपमा चर्चामा ल्याएको गुनासो पनि आउन थालेको छ । वर्तमान अवस्थामा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने आँकलन स्थानीयले गरेका छन् । २०५४ मा सम्पन्न स्थानीय निकायको चुनावमा दाङमा एमालेले अधिकांश ठाउँमा कब्जा गरेको थियो । यसपटक हुने स्थानीय तहको निर्वाचनमा पनि जिल्लामा पहिलो पार्टी हुने लक्ष्य लिएको एमाले दाङका अध्यक्ष टीकाराम खड्काले बताए । संविधान जारी, सामाजिक सुरक्षा भत्तालगायतका लोकप्रिय कार्यक्रम आदिका कारण पनि एमालेको बलियो ताबेदारी रहेको उनले बताए । साथै दाङका तुलसीपुर र घोराही नगरापालिकालाई उपमहानगरपालिका बनाउन एमालेको भूमिका मुख्य रहेको उनको दाबी छ ।

तुलसीपुर उपमहानगरपालिका

नेपाली कांग्रेस : घनश्याम रेग्मी, जगत खड्का, किरणबहादुर शाह र कृतिबहादुर खड्का । एमाले : घनश्याम पाण्डे, हिराचन्द्र केसी र नवराज लामीछाने । माओवादी केन्द्र : प्रेमराज वली र रामबहादुर दहित । राप्रपा : कोमल वली, टोपबहादुर शाह, वंशी गौतम, भूपाल रावत र यामेन्द्र वली घोराही उपमहानगरपालिका नेपाली कांग्रेस ः अर्जुन श्रेष्ठ, भुपबहादुर डाँगी र विरकेश्वरी गौतम । एमाले :  अम्मर डाँगी, दामोदर अधिकारी, नरुलाल चौधरी र शरद अधिकारी । माओवादी केन्द्र : जीवन गौतम, निर्मल आचार्य र मिलन डाँगी राप्रपा :  नरबहादुर बुढाथोकी, ध्रुव गौतम र छविनारायण जिसी लमही नगरपालिकामा कांग्रेस : कर्णबहादुर बुढाथोकी, रेशम खड्का, दिवानजंग चौधरी, कृष्ण चौधरी र मधु न्यौपाने एमाले : कुलबहादुर केसी, नारायण छम्पाली र रतनकुमार केसी । माओवादी केन्द्र : सागर सुवेदी र नवीन योगी । राप्रपा :  लिलाधर चौधरी, हरिनारायण चौधरी र देवप्रसाद घिमिरे । बबई गाउँपालिका नेपालीकांग्रेस : टेकबहादुर वली, टीका घर्ती , पूर्ण केसी र ओमबहादुर खड्का । एमाले :  चूर्णबहादुर वली, भुवनेश्वर पौडेल र सावित्रा विक । शान्तिनगर गाउँपालिका एमाले : विष्णुबहादुर केसी र धनबहादुर केसी, कांग्रेस :  हेमन्त योगी, नरेश डाँगी, खिमप्रसाद खराल, कमानसिङ डाँगी र शशिधर केसी, दंगीशरण गाउँपालिकामा एमाले : सीमा न्यौपाने, एमएन शाह र धमकली चौधरी । कांग्रेस :  यज्ञबहादुर विष्ट, मोहन चौधरी, सूर्य राना, यज्ञनारायण आचार्य र कृष्ण न्यौपाने गढवा गाउँपालिकामा कांग्रेस : शिरपद चौधरी, अनुराग यादव, नारायण विसी र अनुप थापा । एमाले : सहजराज यादव, भगवती प्रसाद चौधरी, रामप्रसाद गैरे र कालीराम चौधरी । माओवादी :  लुमाकान्त न्यौपाने राजपुर गाउँपालिका नेपाली कांग्रेस : रामप्रताप यादव, जगतताल योगी र द्वारिका यादव एमाले : गोपाल वली र घनश्याम चौधरी ।
प्रकाशित मिति : २०७३ चैत्र १६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।