दाङका तीन बालिकालाई करणी गर्ने बृद्ध कारागार चलान

तुलसीपुर,९ साउन ।
जवरजस्ती करणी गरेको आरोपमा एक बृद्धलाई पुर्पक्षका लागी कारागार चलान गरीएको छ । ललाई फकाई बालिका बलात्कार गरेको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्वर–४ का ८२ वर्षिय बृद्ध रामु खत्रीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

स्थानीय ३ बालिकालाई ललाई फकाई गरेर पालैपालो बलात्कार गरेको आरोपमा पक्राउ परेका खत्रीलाई जिल्ला अदालतले कारागार चालन गरेको हो । केहि दिन अघि भएको घटनाको विषयमा पिडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरीएको हो ।

प्रकाशित मिति : २०७५ साउन ९ गते बुधवार
प्रतिक्रिया