पहिरोका कारण मध्यपहाडी लोकमार्ग सडक अबरुद्ध

लक्ष्मण विश्वकर्मा,तुलसीपुर, ८ साउन ।
मध्यपहाडी लोकमार्ग सडक खण्ड अन्र्तगत रुकुम पश्चिमको पुर्तिमकाडाँ भन्ने स्थानमा ठुलो ढुङगा खस्दा मंगलवार बिहानै देखी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । पहिरोका कारण सडक माथिबाट खसेको ढुङगा ठुलो भएकाले उक्त ढुङगा हटाउन समस्या भएको छ ।
सडकमा रहेको ढुङगालाई ब्लाष्टिङ गरेर मात्र हटाउन सकिने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुदा नेपालगन्ज , सुर्खेत, पुर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, बाग्लुङ पोखरा हुदै काठमाडौ सम्म सन्चालन हुने सवारी साधन आवगमनमा समस्या भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया