तारा एअरको नयाँ विमान काठमाडौंमा

काठमाडौं ,६ साउन | – तारा एअरको  नयाँ ट्विनअटर विमान शनिबार साँझ काठमाडौं अवतरण गरेको छ । कम्पनीको नयाँ भाइकिङ ४०० श्रृंखलाको विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं आइपुगेको हो । विमानको चालकदलमा वरिष्ठ क्याप्टेन प्रभाकर घिमिरे, पवन सिंह नगरकोटी तथा प्रविधिक सहयोगार्थ इन्जिनियर जगत लामा रहेका छन् ।
चालकदलका साथमा नेपाल नागरिक उड्ययन प्रधिकरणका एअर वर्दिनेस इन्स्पेक्टर इन्जिनियर विधान श्रेष्ठ पनि रहेका छन् । भाइकिङ ४०० श्रृंखलाको ट्विनअटर विमानले लुक्ला, डोल्पा, रारालगायतका विमानस्थलमा उडान भर्न सक्षम रहेको कम्पनीले जनाएको छ ।  प्राधिकरणले यो बिमानलाई नाईन एन – एएलओ दर्ता नम्बर दिएको छ ।
प्रकाशित मिति : २०७५ साउन ६ गते आइतवार
प्रतिक्रिया