दाङमा बिषालु च्याउँ खादा हाल सम्म एक बालिका सहित तिन जनाको मुत्यु, ४५ जना बिरामी

लक्ष्मण विश्वकर्मा,तुलसीपुर, ४ साउन ।
दाङमा विषालु च्याउ खाँदा हाल सम्म एक बालिका सहित ३ जनाको ज्यान गएको छ भने ४५ जना बिरामी परेका छन् । ज्यान जानेमा तिनै जना घोराही उपमहानगरपालिका वडा नं १९ का रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार असार देखी साउन ३ गते सम्मको तथ्याङक हेर्दा बिषालु च्याउ खाँदा गत असार २९ गते घोराही उपमहानगरपालिका वडा नं. १९ निवासी पाँच वर्षिया बालिका प्रसंसा घर्तिको ज्यान गएको हो । यस्तै असार ३१ गते सोहि वडाको पाँचपोखरी निवासी १९ वर्षिय युवक बालाराम घर्तिको पनि उपचारकै क्रममा ज्यान गएको हो ।
त्यस्तैगरी साउन १ गते सोहि वडाका ४० बर्षिय चित्र बहादुर घर्तिको बिषालु च्याउ खाएकै कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिएका छन् । उनका अनुसार बिषालु च्याउ खाँदा घोराही क्षेत्र सहित केहि स्थानमा १५ जना बिरामी परेका छन् । यता पश्चिम दाङमा जंगली च्याउ खाँदा असार देखी साउन ३ गते सम्म ३० जना बिरामी परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
कार्यालयका अनुसार तुलसीपुर वडा नं. ४ मा ९ जना , शान्तीनगर गाउपालिका वडा नं. २ बाघमारेमा ५ जना , सोहि गाउपालिकाको वडा नं. ३ मा ७ जना, तुलसीपुर १ भमकेमा ३ जना, तुलसीपुर १० डाँडापातुमा १ जना, तुलसीपुर ९ नयाँबस्तीमा ५ जना बिरामी परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रकास सापकोटाले जानकारी दिएका छन् । बर्षायाम सुरु भएसंगै जंगलबाट लिएको जस्तोपाए त्यस्तै खाँदा अकालमा ज्यान जाने हुदा ख्याल गरेर मात्र खान र सचेत रहन जिल्ला प्रहरी कार्यालय दाङले आ नागरिकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७५ साउन ४ गते शुक्रवार
प्रतिक्रिया