चोरी मुद्धामा फरार अभियुक्त पक्राउ

तुलसीपुर,४ साउन ।चोरी मुद्धाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेमा घोराही नगरपालिका वडा नं.(७ बस्ने उमलाल घर्तीका छोरा २२ वर्षिय बम बहादुर घर्तीलाई लुकीछिपि बसीरहेको अवस्थामा प्रहरीको विशेष टोलीले हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उच्च अदालत तुल्सीपुर दाङले २०७३÷१२÷१५ गते बम बहादुरका नाममा १ बर्ष ३ महिना ९ दिन कैद र रु.१३,५००।( जरिवानाको फैसला गरेको थियो । उनलाई हिजो पक्राउ गरी सजाय भुक्तानका लागी दाङ देउखुरी जिल्ला अदालत दाङमा पठाईएको जिल्ला प्रहरी प्रमुख दुर्गासिंहले जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : २०७५ साउन ४ गते शुक्रवार
प्रतिक्रिया