‘दलित महिलाको क्षमता विकासमा जोड’

तुलसीपुर,३ साउन ।
स्थानिय तहमा दलित समुदायलाई विनियोजित बजेट सम्बन्धी समन्वयात्मक बैठक दंगिशरण गांउपालीकामा सम्पन्न भएको छ । दलित महिला संघ दाङको आयोजनामा भएको उक्त बैठकमा गाउपालीकाले दलित समुदायको लागि छुट्याएको बजेटका बारेमा छलफल गरिएको थियो । बैठकमा सहभागि दलित महिलाहरुले क्षमता विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

दलित महिला संघ दाङकि अध्यक्ष यूवा कराराको अध्यक्षता तथा वडा नम्बर ३ का वडा अध्यक्ष पुर्ण बहादुर चौधरीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो । सो अवसरमा कांग्रेसका शोभाराम सापकोटा,कार्यपालीका सदस्य मञ्जु विक,वडा नम्बर ६ कि दलित महिला सदस्य ईन्दीरा परियार लगायतले बोलेका थिए ।

संस्थाकि सामाजिक परिचालक जानकी विश्वकर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सजिकरण संस्थाकि सितारा नेपालीले गरेकि थिईन । कार्यक्रममा दलित महिला समुहका ४० महिलाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ साउन ३ गते बिहिवार
प्रतिक्रिया