आज साउने संक्रान्ति, लुतो फाल्ने दिन  

काठमाडाैं, १ साउन । आज साउन महिनाको १ गते । विक्रम सम्बतको पञ्चाङ्गअनुसार आजका दिनलाई साउने संक्रान्ति भनिन्छ ।ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । आजका दिन देखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्धतर्फ लाग्दछन् ।

त्यसैल साउने संक्रान्तिबाट दिन छोटो र रात लामो हुँदै जान्छ । वैदिक कालमा भगवान विष्णु शयनमा हुनुहुने भएकाले श्रावणमासबाट शयनमा रहनु हुने भएकाले नयाँ वर्षको थालनीको महिना मानिथ्यो । साउन महिनामा नेपाली हिन्दू धर्मका अनुयायीहरुल स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्य गर्दछन् । वैदिक शास्त्रअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ ।

पौराणिक ग्रन्थअनुसार समुद्र मन्थनको बेलामा निस्किएको कालकूट विष भगवान शिवले ग्रहण गरेको र मानवहितका लागि काम गरेको र महिलाहरुले सौभाग्य पनि पाएको श्रुतिअनुसार साउनमहिनामाका सोमबारका दिन शिवजीको पूजा गर्ने प्रचलन पनि छ ।साउने संक्रान्तिमा पारुहाङ् अर्थात शिव पार्वतीका उपासक किराँतहरुले ’सिसेक्पा तङ्नाम मनाउने गर्छन् । किराँतीहरूले आफ्ना ईष्ट देव पारुहाङको सम्मानमा साउने संक्रन्तिको दिन नयाँ पाकेका फलफुलहरू चढाउन डोरिमा तुनेर ढोकामाथि झुण्ड्याउने गर्दछन् ।

त्यसैगरी पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानी ल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्ने गर्दछन् । नेपालको पश्चिम कर्णालीको जुम्लातिर देउडा गीत गाएर र विशेष नाच साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन् ।आज असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास रहिआएको छ ।

प्रकाशित मिति : २०७५ साउन १ गते मङ्गलवार
प्रतिक्रिया