सिँचाई कुलो बनाईदिन माग गदै किसानहरु उपमहानगरपालिका 

तुलसीपुर,३२ असार । तुलसीपुर ११ र १२ का केहि किसानहरुले सिचााईकुलो बनाईदिन माग गदै तुलसीपुर उपमहानगरपालिका कार्यालयमा पुगेका छन् । उनीहरुले ग्वारखोलाबाट जस्पुर हुदै उरहरी सिचाई कुलो सन्चालन हुनुपर्ने माग राख्दै  सोमवार कार्यालयमा पुगेका  हुन् ।
 कुलोको बाँध नजिकै जताभावी नदिजन्य बस्तु उत्खनन् गरी कुलो भत्काइएको हुँदा कुलो सन्चालनमा समस्या भएको किसान बेलमति चौधरीले बताएकी छिन् ।कुलो सन्चालन नहुदा खेती गर्ने समय भएपनि अहिले सम्म खेतीयोग्य जमिन बाँझो रहेको उनको भनाई छ ।
विगतका वर्षमा यो समयमा खेती गरिसकेको बताउदै उनले यो वर्ष ब्याड समेत राख्न समस्या भएको बताएकी छिन् । खेत बाँझो रहेको बताउदै तत्काल कुलो बनाईदिन उनले आग्रह गरेकी छिन् । जसपुर, रझेना र उरहरीका गरी झन्डै ८० जना किसानहरु संख्यामा आएको किसान समुहले आफुहरुको समस्या छिटो भन्दा छिटो पुरा गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०७५ असार ३२ गते सोमवार
प्रतिक्रिया