मोटरसाईकलको ठक्करबाट एक जनाको ज्यान गयो

तुलसीपुर ३२ असार । तुलसीपुरमा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर ८ दुधेना निवासी ४५ वर्षिय लाल बहादुर बस्नेत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुरबाट पश्चिम तर्फ जादै गरेको रा १ प ६१९१ नम्बरको मोटसाईकलले बस्नेतलाई आईतबार बेलुका दोघरे नजिकै ठक्कर दिएको थियो । मृतकको शबलाई राप्ती अन्चल अस्पतालमा राखीएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५ असार ३२ गते सोमवार
प्रतिक्रिया